शनिबार र आइतबार काठमाडौंका यी क्षेत्रमा विद्युत बन्द
काठमाडौं, माघ ३० : नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा दुई दिनसम्म विद्युत बन्द गर्ने सूचना जारी गरेको छ। फागुन...
काठमाडौं, माघ ३० : नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा दुई दिनसम्म विद्युत बन्द गर्ने सूचना जारी गरेको छ। फागुन १ र २ गते दिउँसो विद्युत् बन्द गर्ने भएको हो।
प्राधिकरणका अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार बिहान ११ देखि दिउँसो ः३० बजेसम्म तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ।
सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रको भनाइ छ।

प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











