देशभरको मौसममा बदली, बर्षा भने नहुने
काठमाडौं, माघ ३० : आज देशभरको मौसम बद्ली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले तीन दिने मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दै हाल...
काठमाडौं, माघ ३० : आज देशभरको मौसम बद्ली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिने मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दै हाल देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भुभागहरुमा आंशिक बदली रहेको र बांकी भुभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको जनाईएको छ । आज देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध समेत महाशाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ३० गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन ०१ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन ०२ गते (आईतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।











