Kathmandu Press

चीनले लगायो बीबीसी वर्ल्ड सर्भिसलाई प्रतिबन्ध

काठमाडौं, माघ ३० : चीनले बीबीसी वर्ल्ड सर्भिसलाई प्रतिबन्ध लगाएको छ।बेलायतको नियमन निकायले चिनियाँ सरकारी टेलिभिजन सिजीटीएनको लाइसेन्स निलम्बित नगरेपछि चीनले पनि बीबीसीलाई...
चीनले लगायो बीबीसी वर्ल्ड सर्भिसलाई प्रतिबन्ध

काठमाडौं, माघ ३० : चीनले बीबीसी वर्ल्ड सर्भिसलाई प्रतिबन्ध लगाएको छ।

बेलायतको नियमन निकायले चिनियाँ सरकारी टेलिभिजन सिजीटीएनको लाइसेन्स निलम्बित नगरेपछि चीनले पनि बीबीसीलाई प्रतिबन्ध लगाइदिएको छ।

Hardik ivf

चीनियाँ राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले एक विज्ञप्ति जारी गर्दै बीबीसीले असत्य समाचार देखाइरहेको र स्वतन्त्रताको सीमा नाघेको उल्लेख गरेको छ। कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ।

सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।

यता चीनमा प्रतिबन्ध लागेपछि बीबीसीले प्रतिक्रिया दिदै विश्वभरको एक प्रमुख प्रसारक भएको र निश्पक्ष र निडरताका साथ समाचार प्रशारण गर्ने संस्था भएको जनाएको छ।

प्रकाशित मिति: ०७:३४ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्