Kathmandu Press

फिफा क्लब विश्व कपको उपाधि बायर्न म्युनिखलाई 

काठमाडौं, माघ ३० : जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ।गएराति सम्पन फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १...
फिफा क्लब विश्व कपको उपाधि बायर्न म्युनिखलाई 

काठमाडौं, माघ ३० : जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ।

गएराति सम्पन फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १ ० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

बायर्नको जितमा खेलको ५९औ मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै निर्णायक गोल बन्यो । योसँगै बायर्नले दोस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ।

यसअघि बायर्नले २०१३ मा यो उपाधि जितेको थियो।  फिफा क्लब विश्वकपको उपाधि अहिलेसम्म सबैभन्दा धेरै रियल म्याड्रिडले ४ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितिसकेको छ । 

प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्