Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्धकाे रिटमा प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस सकियो

काठमाडौं, माघ २९ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटको तर्फबाट बहस सकिएको छ। आइतबारको बहसमा...
प्रतिनिधिसभा विघटनविरुद्धकाे रिटमा प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस सकियो

काठमाडौं, माघ २९ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटको तर्फबाट बहस सकिएको छ। 

सभामुखको तर्फबाट लव मैनाली, श्रीकृष्ण सुवेदी र श्याम खरेलले बहस गरेका थिए ।

आइतबारको बहसमा रिट निवेदकले जवाफ दिनेछन्। निवेदकहरुले जवाफ दिएपछि एमिकस  क्युरीका पाँच जनाले आफ्ना राय प्रस्तुत गर्नेछन्। 

आइतबारको जवाफी बहसको लागि इजलासले पाँच जना रिटकर्तालाई समय उपलब्ध गराएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट परेका थिए।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्