झाँक्रीलाई तत्काल रिहा गर्न नेकपाको माग
नेकपाको प्रचण्ड-नेपाल समूहले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ।
काठमाडौं, माघ २९ : नेकपाको प्रचण्ड-नेपाल समूहले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ।
‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन ।’ झाँक्रीको निःशर्त र अविलम्ब रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ ।
प्रकाशित मिति: १४:४० बजे, बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











