Kathmandu Press

फागुन १२ देखि संसद् विघटनविरुद्ध अनशन बस्ने डा.केसीको घोषणा 

काठमाडौं, माघ २९ : डा. गोविन्द केसीले अवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै अनशन घोषणा गरेका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध फागुन १२ गतेदेखि...
फागुन १२ देखि संसद् विघटनविरुद्ध अनशन बस्ने डा.केसीको घोषणा 

काठमाडौं, माघ २९ : डा. गोविन्द केसीले अवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै अनशन घोषणा गरेका छन् ।  

प्रतिनिधिसभा विघटनविरुद्ध फागुन १२ गतेदेखि अनशन बस्‍ने उनले बताएका हुन् । माइतीघर मण्डलमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका हुन्।

‘प्रजातन्त्रको हत्या गर्न खोज्ने तानशाही हामीलाइ स्वीकार्य छैन। अदालतले संविधानको रक्षा नगरे जनताले जवाफदेही बनाउनेछन्,’ उनले भने, ‘गैरसंवैधानिक प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गर्नेमा मलाई विश्वास छ ।’

केसीले उनले अनशन बस्ने स्थल भने खुलाएका छैनन् । ७७ जिल्लामध्ये जहाँ पनि अनसन बस्न सक्ने उनले बताएका छन् । 

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्