Kathmandu Press

झाँक्रीको रिहाइको माग गर्दै बानेश्वरमा प्रदर्शन

काठमाडौं, माघ २९ : राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन सुरु भएको...
झाँक्रीको रिहाइको माग गर्दै बानेश्वरमा प्रदर्शन

काठमाडौं, माघ २९ : राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन सुरु भएको छ। 

बानेश्वरस्थित मीनभवन अगाडि विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन्।

अखिलका पूर्वअध्यक्षसमेत रहेकी झाँक्रीलाई प्रहरीले आज दिउँसो शंखमुलस्थित उनकै घरबाट पक्राउ गरेको छ। केही दिनअघि उनले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिपछि विवादमा परेकी थिइन्।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्