झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला : प्रचण्ड
नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृ रामकुमारी झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताएका छन्।
काठमाडौं, माघ २९ : नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृ रामकुमारी झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताएका छन्।
बिहीबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले झाँक्रीले लोकतन्त्रप्रति प्रखर बोल्दा प्रधानमन्त्रीको ठाडो आदेशअनुसार उनलाई पक्राउ गरिएको बताएका हुन्।
‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो, उनले भने, यो लोकतन्त्र माथिको आक्रमण हो।’
उनले आफूहरुले झाँक्रीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको बताए।
प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा घरबाटै पक्राउ गरेको छ।
प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











