Kathmandu Press

न्यायाधीशको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका वकिलले भने– काम गर्न नपाएकाले संसद विघटन भएको हो 

काठमाडौं, माघ २९ : संसद विघटनको मुद्दामा प्रधानमन्त्रीको पक्षमा बहस  गरिरहेका वकिलले सरकारले काम गर्न नपाएकाले संसद विघटन गरेको बताएका छन् । बिहीबार सर्वोच्च...
न्यायाधीशको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका वकिलले भने– काम गर्न नपाएकाले संसद विघटन भएको हो 

काठमाडौं, माघ २९ : संसद विघटनको मुद्दामा प्रधानमन्त्रीको पक्षमा बहस  गरिरहेका वकिलले सरकारले काम गर्न नपाएकाले संसद विघटन गरेको बताएका छन् । बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता बाबुराम दाहालले नेपालमा प्रधानमन्त्रीय शासन पद्धति रहेकाले प्रधानमन्त्रीले आफुखुसी  सरकार चलाएकोे बताए । 

‘इजलाशमा न्यायाधीशले साधेको प्रश्नको जवाफ दिँदै अधिवक्ता दाहालले भने, ‘यो प्रधानमन्त्रीय शासन व्यवस्था हो, यो व्यवस्थामा प्रधानमन्त्रीले सरकार चलाउने हो । यो चिनको जस्तो व्यवस्था होइन, त्यसैले सरकार पार्टीले चलाउने होइन, प्रधानमन्त्रीले हो।’

अधिवक्त दाहालले यस्तो जवाफ दिएलगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे– प्रधानमन्त्री भएपछि पार्टी विधान ख्याल गर्नु पर्दैन भन्ने हो ?’  यो प्रश्नमा दाहालको जवाफ थियो, ‘प्रधानमन्त्रीले काम गर्न नपाएका कारण संसद विघटन गरेको भएको हो ।’

‘चुनाव भयो, दुई तिहाइ आएन भने के हुन्छ, के फेरि विघटन गरिदिने ?’ न्यायाधीश सिन्हाले पुनः प्रश्न गरे । जवाफमा अधिवक्त दाहालले विघटन भन्नेबित्तिकै डराउन नपर्ने बताए । 

यस्तै प्रधानमन्त्रीको पक्षमा बहस गर्न आएका अधिवक्तालाई न्यायाधीशहरुले प्रश्न गरेका थिए ।
 

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्