झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रताको हनन् : प्रभाकर

काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्मा 'प्रभाकर'ले नेकपाकी नेतृ रामकुमारी झाँक्रीको पक्राउले नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले झाँक्रीलाई पक्राउ गरेर देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षडयन्त्र गरेको बताएका छ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रामकुमारी झाँक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षड्यन्त्र हो।'
प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











