झाँक्रीको गिरफ्तारी सरकारको फासीवादी चरित्रको पराकाष्ठा : नेकपा नेता गुरुङ
नेकपा नेता देव गुरुङले नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी सरकारको फासीवादी चरित्रको पराकाष्ठा भएको बताएका छन्।
काठमाडौं, माघ २९ : नेकपा नेता देव गुरुङले नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी सरकारको फासीवादी चरित्रको पराकाष्ठा भएको बताएका छन्।
‘यो निरंकुशता र फासीवादी चरित्रको उपज हो । बोल्न नपाउने र अभिव्यक्ति दिन नपाउने भन्ने हुँदैन,’ काठमाडौं प्रेससँग कुरा गर्दै नेता गुरुङले भने, ‘संविधानले मौलिक हकको अधिकार ग्यारेन्टी गरेको छ।’
सरकारको यस चरित्रविरुद्ध आन्दोलन चर्काइने गुरुङले बताए। ‘फासीवाद अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने।
प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











