Kathmandu Press

राज्यविरुद्धको कसुर आरोपमा रामकुमारी झाँक्री पक्राउ

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै पक्राउ गरेको छ ।
राज्यविरुद्धको कसुर आरोपमा रामकुमारी झाँक्री पक्राउ

काठमाडौं, माघ २९: नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै पक्राउ गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा केपी ओली समूहको अनेमसंघको उजुरीका आधारमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय अपराध महाशाखाको टोली शंखमुलस्थित घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर उनले पक्राउ पूर्जी माग गरेकी थिइन् । महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर रहेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्न डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा प्रहरी टोली झाँक्रीको निवास पुगेका थिए ।
 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्