Kathmandu Press

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २९ : पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा...
शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २९ : पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । 

पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनले भनिन्,  ‘शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ।’  

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव तीन डिग्री सेल्सियस रहने छ । 
 

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्