Kathmandu Press

नेकपा नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी

काठमाडौं, माघ २९: नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको छ।
नेकपा नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी

काठमाडौं, माघ २९: नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको छ।

उनलाई राजयविरुद्धको अपराध तथा सजाय ऐनको दफा ५८ अनुसार पक्राउ पुर्जी दिइएको हो ।

आफूलाई पक्राउ गर्न निवासमा आएको प्रहरी टोलीलाई झाँक्रीले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् ।

'तपाईंलाई राज्यविरुद्धका कसुरअन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पुर्जी जारी गरिएको छ,' पक्राउ पुर्जीमा उल्लेख छ। पुर्जीमा महानगरीय अपराध महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर छ।

प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्