Kathmandu Press

झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई नेकपा कार्यकर्ताको प्रतिवाद, एक प्रहरी घाइते

नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेको प्रहरी टोलीलाई नेकपा कार्यकर्ताले प्रतिवाद गरेका छन् ।
झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई नेकपा कार्यकर्ताको प्रतिवाद, एक प्रहरी घाइते

काठमाडौं, माघ २९ : नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेको प्रहरी टोलीलाई नेकपा कार्यकर्ताले प्रतिवाद गरेका छन् ।

नेतृ झाँक्रीले प्रहरीलई टोलीलाई यो राजनीतिक मुद्दा भएकाले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । उनलाई पक्राउ गर्न खोज्दा कार्यकर्ताले प्रतिवाद गरेका हुन् ।

नेकपा कार्यकर्तासँग भएको धक्कामुक्कीमा एक प्रहरी घाइते भएका छन् । अहिले काठमाडौं शंखमुलस्थित झाँक्रीको निवासमा ठूलो संख्यामा नेकपा कार्यकर्ता एकत्रित भएका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरिरहेका छन् ।
 

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्