Kathmandu Press

विप्लपसहित नेकपाका चार दलको संयुक्त मोर्चा घोषणा 

काठमाडौं, माघ २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व सहितका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राजनितिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेको छ। विप्लव नेतृत्वको...
विप्लपसहित नेकपाका चार दलको संयुक्त मोर्चा घोषणा 

काठमाडौं, माघ २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व सहितका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राजनितिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेको छ। 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो।

उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्ने भएक छन्। 

यी दलले वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति: १०:५२ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्