Kathmandu Press

डा. गोविन्द केसी २० औं पटक अनसन बस्दैं 

डा. गोविन्द केसी २० औं पटक अनसन बस्दैं 

काठमाडौं, माघ २९ : पटक-पटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने तयारी गरेका छन्‌।

यसअघि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आएका केसी यसपटक भने प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लागेका हुन् ।

सत्याग्रहबारे जानकारी दिन डा.केसीले आज माइतीघर मण्डलामा दिउँसो १ बजे कार्यक्रमको आयोजना गरेका छन् । 

प्रकाशित मिति: ०९:१२ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्