Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख 

काठमाडौं, माघ २९ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ११९ जनाको...
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख 

काठमाडौं, माघ २९ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ७१ हजार ६० पुगेको छ । भारतमा १ करोड ५ लाख ७१ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ३२ छ ।

प्रकाशित मिति: ०७:११ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्