सावित्राको डबल ह्याट्रिकमा एपिएफ विजयी
पहिलो मिनेटमै अनिताको गोलमा एपिएफले अग्रता लिएको थियो । छैटौं मिनेटमा साविताले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । ३३औं मिनेटमा सावित्राले पुनः गोल गरेपछि पहिलो हाफमा एपिएफले ३–०को अग्रता लियो ।
काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले डबल ह्याट्रिक गरेपछि काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफले सहज जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले ६ गोल गरेपछि एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकामाथि ८–०को जित निकाल्यो ।
पहिलो मिनेटमै अनिताको गोलमा एपिएफले अग्रता लिएको थियो । छैटौं मिनेटमा साविताले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । ३३औं मिनेटमा सावित्राले पुनः गोल गरेपछि पहिलो हाफमा एपिएफले ३–०को अग्रता लियो ।
पहिलो हाफमा ३ गोल गरेको एपिएफले दोस्रो हाफमा ५ गोल गरेको थियो । दोस्रो हाफमा सवित्राले ४७, ६०, ६२ र ७९औं मिनेटमा गोल गरेकी थिइन् भन् अनिताले ५४औं मिनेटमा गोल गरेकी थिइन् ।
यो जितसँगै एपिएफले जारी लिगमा शतप्रतिशत नतिजालाई ८ खेलसम्म निरन्तरता दिएको छ । ८ खेलमा २४ अंक जोड्दै ऊ शीर्ष स्थानमा छ भने ६ अंक मात्र जोडेको चन्दैपुर छैटौं स्थानमा छ ।