Kathmandu Press

ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन: नारायणकाजी

काठमाडौं, माघ २८ : नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् ।
ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन: नारायणकाजी

काठमाडौं, माघ २८ : नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्री चारवटा अवस्थामा पदमुक्त हुने उल्लेख गर्दै उनले अहिलेका प्रधानमन्त्रीलाई कामचलाउ पनि घोषणा नगरिएकाले पदमा बस्न नमिल्ने उनले बताए ।

वैशाखको चुनाव बहिष्कार गर्ने संकेत उनले गरे । ‘कुन चुनाव ? संविधानलाई घात गर्ने संविधानविरोधी चुनाव हामीलाई चाहिएको छैन । चुनाव लोकतन्त्रको एक मुख्य अंग हो । लोकतन्त्रलाई ध्वंस गर्ने र हत्या गर्ने चुनाव हामीलाई चाहिएको छैन,’ उनले भने, ‘ओलीले फासिवादको अभ्यास गर्दैछन्, हामीलाई त्यो स्वीकार्न तयार छैनौँ ।’ 

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कदम गल्ती भएको बताउँदै उनले माफी मागे । वर्तमान सरकारले गरेका सबै नियुक्ति खारेज गरिने उनले बताए ।

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्