Kathmandu Press

सञ्चार माध्यमलाई थप जिम्मेबार बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, माघ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुलाई जिम्मेवार भएर समाचारसम्प्रेसण गर्न आग्रह गरेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं  स्थापना...
सञ्चार माध्यमलाई थप जिम्मेबार बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, माघ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुलाई जिम्मेवार भएर समाचारसम्प्रेसण गर्न आग्रह गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं  स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने बताए।

उनले भने, ‘राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा सूचित गर्नुपर्ने, यथार्थको खोजी भ्रष्टलाई भ्रष्ट भन्नुपर्ने तर जो भ्रष्ट होइन उसलाई जसरी पनि भ्रष्टै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न हुँदैन।’

उनले अख्तियारसँग अपराधी थर्कमान हुनुपर्ने तर निर्दोष मान्छेका निम्ति त्रास होइन संरक्षणको थलो बन्नुपर्ने बताए।
 

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्