Kathmandu Press

न्यूमोकोकल भ्याक्सिनबाट कसरी बचाउन सकिन्छ भारतमा ५० हजार बालबालिकाको ज्यान?

निमोनिया र झाडापखालाबाट बालबालिकालाई बचाउचन न्यूमोकोकल भ्याक्सिनको प्रयोग देशभर गर्ने घोषणा वित्तमन्त्री निर्मला सीतारमणले गरेकी थिइन् । उनले यसबाट प्रत्येक वर्ष ५० हजार बालबालिकाको ज्यान बचाउन सकिने बताएकी थिइन् ।
न्यूमोकोकल भ्याक्सिनबाट कसरी बचाउन सकिन्छ भारतमा ५० हजार बालबालिकाको ज्यान?

नयाँ दिल्ली (दि प्रिन्ट)  भारतमा प्रत्येक वर्ष ५ वर्षमुनिका ९ लाख बालबालिकाको मृत्यु हुने गरेको छ । त्यसमध्ये १३ प्रतिशत अर्थात् एक लाख १५ हजार बालबालिकाको मृत्यु निमोनिया र झाडापखालाका कारण हुने गरेको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

जोन हकिन्स ब्लुम्बर्ग स्कूल अफ पब्लिक हेल्थको अन्तर्राष्ट्रिय भ्याक्सिन एक्सेस सेन्टर (आईवीएसी)ले सन् २०२०मा सर्वाजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा प्रत्येक दिन निमोनिया र झाडापखानाका कारण ६४० बच्चको मृत्यु हुने गरेको छ ।

Hardik ivf

निमोनिया र झाडापखानाबाट हुने मृत्युबाट बालबालिकालाई बचाउन देशभर न्यूमोकोकल भ्याक्सिनको प्रयोग गर्ने घोषणा वित्तमन्त्री निर्मला सीतारमणले गरेकी थिइन् । उनले सन् २०२१ को बजेट भाषणका क्रममा ५ राज्यमा प्रयोग हुँदै आएको भारतमै बनेको न्यूमोकोकल भ्याक्सिनको प्रयोग देशभर गर्ने बताएकी हुन् । यसबाट प्रत्येक वर्ष ५० हजार बालबालिकाको ज्यान बचाउन सकिने उनले बताएकी थिइन् ।

निमोनिया र झाडापखालाका कारण प्रत्येक वर्ष ठूलो संख्यामा हुने मृत्युबाट बालबालिकालाई बचाउन भारतले ‘न्यूमोकोकल भ्याक्सिन’ उपयोगी हुने बताइएको छ । भारतका हिमाञ्चल, मध्यप्रदेश, बिहार, उत्तर र राजस्थान गरी ५ राज्यमा यो भ्याक्सिन बालबालिकामा लगाइँदै छ ।

यो भ्याक्सिन बालबालिकामा ३ पटक दिइन्छ । पहिलोपटक शिशु एक साता पुगेपछि दिइन्छ भने दोस्रो डोज १४ सातामा दिइन्छ । तेस्रो डोज शिशु नौ महिना पुगेपछि दिइन्छ । अहिले भारतमा सात करोड ५० हजार डोज अवाश्यक रहेको अधिकारीहरूको भनाइ छ ।

 

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्