Kathmandu Press

बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन् । 
बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु

काठमाडौं,माघ २८ः बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन । 

यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Hardik ivf

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन् । 

मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रुपमा कमी आउन भने सकेको छैन । 

यहाँ नयाँ स्वरुपको भाइरसको संक्रमण शुरु भएको केही हप्ता अघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १२ हजार ३६४ जना संक्रमित थपिएका छन् । 

यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्काे एक समाचारमा बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सिन्ह्वा
 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्