Kathmandu Press

प्रचण्ड-नेपाल समूहको जुलुस शुरु

काठमाडौं, माघ २८ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको जुलुस सुरु भएको छ। दाहाल–नेपाल समूहले...
प्रचण्ड-नेपाल समूहको जुलुस शुरु

काठमाडौं, माघ २८ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको जुलुस सुरु भएको छ। 

दाहाल–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो। विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ। विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ। 

सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ। प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ। आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन्। यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो। 
यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो । 

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्