Kathmandu Press

प्रचण्ड-नेपाल समूहको विरोधसभामा सोफा हटाएर कुर्सी

काठमाडौं, माघ २८ : प्रतिनिधि सभाको विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहले आज आयोजना गरेको विरोध सभाको स्टेजबाट सोफा हटाइएको छ। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्न...
प्रचण्ड-नेपाल समूहको विरोधसभामा सोफा हटाएर कुर्सी

काठमाडौं, माघ २८ : प्रतिनिधि सभाको विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहले आज आयोजना गरेको विरोध सभाको स्टेजबाट सोफा हटाइएको छ। 

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्न बनाइएको स्टेजमा राखिएका सोफा हटाएर कुर्सी राखिएका हुन्।

सजिलो छरितो हुन्छ भनेर सोफा हटाएर कुर्सी राखिएको केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले बताएका छन्।

बुधबार आयोजना गरिएको विरोधसभालाई अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्नेछ। 

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्