Kathmandu Press

सञ्चार माध्यमलाई नियन्त्रण गर्न निर्देशिका ल्याउने सरकारको तयारी

काठमाडौं, माघ २८ : सरकारले अनलाइन सञ्चार माध्यमलाई नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधबार सञ्चार...
सञ्चार माध्यमलाई नियन्त्रण गर्न निर्देशिका ल्याउने सरकारको तयारी

काठमाडौं, माघ २८ : सरकारले अनलाइन सञ्चार माध्यमलाई नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधबार सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिन निर्देशिकबा ल्याउन लागिएको बताएका हुन्।

‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविनै फेसबुक, युट्युब, अनलाइन जस्ता कतिपय माध्यमको विकृति रोक्न सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारीमा छौं,’ मन्त्री गुरुङले भने, ‘जसले हाम्रो समाजलाई अराजकतातर्फ विकृति, विसंगतितर्फ जान नदिन, सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई अराजक हुने, अमर्यादित हुने र गैरजिम्मेवार नहुन नेपाल सरकार सचेत गराउन चाहन्छ।’

उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा सरकारले गरेका गलत कामको आलोचना, राष्ट्रपति र अदालतको विषयमा समेत टिकाटिप्पणी हुन लागेपछि निर्देशिका ल्याउने तयारी गरेको बताएका छन्। 

‘पछिल्ला दिनमा हाम्रा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, उत्तेजक र व्यक्तिकेन्द्रित तथा सम्मानित अदालत र सम्मानित राष्ट्रपतिप्रति पनि केही अभिव्यक्ति दिने सामाजिक सञ्जाल र केही जिम्मेवार अनलाइन माध्यमले समेत प्रसारण गरेको पाइएको छ,’ सञ्चारमन्त्री गुरुङले भने, ‘लामो द्वन्द्वबाट स्थापित लोकतान्त्रिक पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमहरूको गतिविधि खेदजन्य छ।’

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्