डि मारिया बार्सिलोनाविरुद्ध नखेल्ने
लिग वानअन्तर्गत मार्सेलीविरुद्धको खेलमा घाइते भएकाले डि मारियाले बार्सिलोनाविरुद्धको खेल नखेल्ने भएका हुन् ।
काठमाडौं, माघ २८: पेरिस सेन्ट जर्मेन (पिएसजी) का विंगर एन्जल डी मारिया बार्सिलोनाविरुद्धको च्याम्पियन्सको अन्तिम १६को पहिलो लेग नखेल्ने भएका छन् । लिग वानअन्तर्गत मार्सेलीविरुद्धको खेलमा घाइते भएकाले डि मारियाले बार्सिलोनाविरुद्धको खेल नखेल्ने भएका हुन् ।
पिएसजीले बार्सिलोनाविरुद्ध फेब्रुअरी १६मा क्याम्प नेउमा अन्तिम १६को पहिलो लेग खेल्ने छ । पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले डि मारियाले बार्सिलोनाविरुद्धको खेल गुमाउने पक्का बताएका छन् ।
‘डि मारिया क्याम्प नाउको भ्रमणमा हामीसँग हुने छैनन्,’ पोचेनिटोले भने, ‘उनको उनुपस्थितिमा पनि बार्सिलोनोविरुद्धको हाम्रो रणनीति भने परिवर्तन हुनेछैन ।’ ३२ वर्षीय मिडफिल्डरलाई थाइ मसल इन्जुरी भएको छ ।
प्रकाशित मिति: १२:०३ बजे, बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











