Kathmandu Press

कलेज हिडेका किशोर दुई दिनदेखि वेपत्ता

तनहुँ, माघ २८ : तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए।आदिकवि भानुभक्त क्याम्पसमा...
कलेज हिडेका किशोर दुई दिनदेखि वेपत्ता

तनहुँ, माघ २८ : तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए।

आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो। क्याम्पस जान हिडेँका उनी क्याम्पस पुगेनन्।​ सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन्।

घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे। बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे।

मङ्गलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले बताए। 'दुई दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन,' उनले भने, 'बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेर्यैँ, केही जानकारी प्राप्त हुन सकेन।'

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको बताए। (रासस)

 

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्