Kathmandu Press

कर्णाली नदीमा अझै पनि तुइनकै भर

सिमकोट, माघ २८ : हुम्लाका बासिन्दा अझै पनि तुइनमै चढेर कर्णाली नदी वारपार गर्दै आएका छन्।पहिलो पटक २०७२ मा प्रधानमन्त्री हुँदा केपी शर्मा...
कर्णाली नदीमा अझै पनि तुइनकै भर
तुइनमा कर्णाली तर्दै हुम्लाकाे रिप गाउँका बासिन्दा। तस्वीर :दाने बाेहरा/रासस

सिमकोट, माघ २८ : हुम्लाका बासिन्दा अझै पनि तुइनकै सहारामा कर्णाली नदी वारपार गर्दै आइरहेका छन्।

पहिलो पटक २०७२ मा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देशलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए। उनले दोस्रो पटक २०७४ मा प्रधानमन्त्री हुँदा पनि तुइन हटाउने बताएका थिए।

तर, अहिलेसम्म पनि तुइन हट्न सकेको छैन। हुम्लाको सर्केगाड गाउँपालिका २ रिप गाउँका बासिन्दा तुइनकै भरमा कर्णाली नदी वारपार गर्दै आएका छन्।

वर्षादेखि पहल गर्दै आएको भएपनि यो ठाउँमा पुल बन्न सकेको छैन्। स्थानीय वासिन्दा तुइनमै घास, दाउरा ल्याउने गरेका छन्।

तुइनबाट दाउरा तार्दै।

स्थानीय बासिन्दाले तीन वटै सरकारलाई पुलका लागि ज्ञापनपत्र बुझाएका थिए। तर, कसैले पनि वास्ता नगरेको उनीहरु गुनासो गर्छन्।

स्थानीय सरकारले बजेट नभएको बताएपछि उनीहरुले प्रदेश सरकारलाई गुहारेका थिए। तर, कर्णाली प्रदेश सरकारले पनि तीन वर्षसम्म पुलका लागि बजेट विनियोजन गरेन्।

त्यसपछि उनीहरुले संघीय सरकारलाई पनि गुहारेका थिए। जिल्ला प्रशासन कार्यालय र त्यस क्षेत्रका सांसदमार्फत ज्ञापनपत्र दिएका थिए।

तर, पुलका लागि बजेट नआएको स्थानीय वासिन्दा बताउँछन्। सांसद तथा मन्त्रीहरुले आश्वासन दिने गरेको भएपनि काम नभएको उनीहरुको गुनासो छ।

 

प्रकाशित मिति: ०९:३९ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्