Kathmandu Press

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २८ : स्पेनीस ला लिगा फुटबलमा रियल म्याड्रिडले गेटाफेलाई २–० ले हराएको छ।घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड...
रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २८ : स्पेनीस ला लिगा फुटबलमा रियल म्याड्रिडले गेटाफेलाई २–० ले हराएको छ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रियलले अग्रता बनाएको थियो। रियलका लागि बेम्जिमाले भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे।

त्यसपछि खेलको ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २–० को सहज जित दिलाए। यससँगै रियलले एट्लेटिकोसँगको दूरी पाँच अंकमा घटाएको छ। तर एट्लेटिकोले दुई खेल कम खेलेको छ।

लिग तालिकामा एट्लेटिकोको २० खेलबाट ५१ अंक छ भने रियलको ४६ अंक छ। बार्सिलोना थप तीन अंकको दूरीसहित तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: ०८:३७ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्