Kathmandu Press

कोपा इटालिया कपको फाइनलमा युभेन्टस 

कोपा इटालिया कपको फाइनलमा युभेन्टस 

काठमाडौं, माघ २८ : इन्टरमिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लिगमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानसँग बराबरीमा रोकिए पनि युभेन्ट्स फाइनलमा पुगेको हो । पहिलो लिगमा निकालेको जितले युभेन्ट्स फाइनल पुग्न सफल भएको हो ।

इन्टरको मैदानमा पहिलो लिगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो । युभेन्ट्सले अब उपाधिको लागि बुधबार राती दोश्रो लिग अन्तर्गत नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ । 

प्रकाशित मिति: ०७:३३ बजे, बुधबार, माघ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्