Kathmandu Press

प्रचण्ड–नेपाल समूहको नेकपाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै 

काठमाडौं, माघ २८ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षधरले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन सहित वृहत आमसभा गर्ने भएको...
प्रचण्ड–नेपाल समूहको नेकपाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै 

काठमाडौं, माघ २८ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षधरले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन सहित वृहत आमसभा गर्ने भएको छ ।

यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास समेत गरेको थियो। हिजो कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले आजको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने दाबी गरेका थिए ।

यसैबीच बिशाल प्रदर्शनका लागि काठमाडौंका बिभिन्न स्थानबाट जुलुस निस्कने छन् । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी नेकपाले दिएको छ । प्रतिनिधि सभा विघटन भएसँगै  नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ ।

दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्। प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओली असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध प्रचण्ड–नेपाल समूह आन्दोलित भएको हो।

यता ओली समूह निर्धारित मितिमा चुनाव हुने भन्दै तयारीमा जुटेको बताएको छ। ओली समूहले पनि यही माघ २३ नारायणहिटी दरबार अगाडि आमसभाको आयोजना गरेको थियो। 

प्रकाशित मिति: ०७:३२ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्