Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार 

काठमाडौं, माघ २८ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८० पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ८५...
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार 

काठमाडौं, माघ २८ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८० पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ५१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ५८ हजार ३०० पुगेको छ । भारतमा १ करोड ५ लाख ५९ हजार ६०४ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४३ हजार ४१३ छ ।

प्रकाशित मिति: ०७:१९ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्