Kathmandu Press

एसईई परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले नै लिने

काठमाडौं, माघ २७ : यस वर्षको एसईई परीक्षा स‌ंघीय सरकारले लिने भएको छ।गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले नै लिएको थियो। आन्तरिक...
एसईई परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले नै लिने

काठमाडौं, माघ २७ : यस वर्षको एसईई परीक्षा स‌ंघीय सरकारले लिने भएको छ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले नै लिएको थियो। आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो।

यस वर्ष भने प्रदेश शिक्षा निर्देशनालयसँग समन्वय गरेर राष्ट्रिय परीक्षा बोर्डले नै लिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षा आगामी जेठ गर्ने निर्णय पनि गरेको छ।

संविधानले विद्यालयस्तरको शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। त्यस्तै, परीक्षा सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ।

विद्यालय क्षेत्रसम्बन्धी नयाँ संरचनाअनुसार कक्षा ८ को परीक्षा स्थानीय स्तरमा, कक्षा १० को प्रदेशस्तरमा र कक्षा १२ को राष्ट्रियस्तरमा परीक्षा सञ्चालन गर्ने व्यवस्था छ। तर, परीक्षा लिने जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ।

तर, मन्त्रिपरिषद्ले केन्द्रमार्फत नै एसईई परीक्षा गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: २०:५९ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्