Kathmandu Press

निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

काठमाडौं, माघ २७ : सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा सात अर्ब रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ।अर्थमन्त्रालयमा...
निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

काठमाडौं, माघ २७ : सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा सात अर्ब रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ।

अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा सात अर्ब बराबरको स्रोत उपलब्ध गराएको बताए। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेकी थिइन्।

अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए।
निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने उनको भनाइ थियो। निर्वाचनका विषयमा निर्वाचन आयोगसँग पनि छलफल भएको उनले बताए।

पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना लागू गरिने बताए। त्यसलाई नयाँ संसद् गठन भएपछि अनुमोदन गरिने उनको भनाइ थियो।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले एमसीसी परियोजनाका लागि पनि स्रोत सुनिश्चित गरिएको बताए। उनले प्रसारण लाइन र सडक परियोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अगाडि बढाउन उक्त स्रोतबाट खर्च गरिने जानकारी दिए। प्रसारण लाइनतर्फ नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम अगाडि बढेको उनले बताए।

प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्