Kathmandu Press

अदालतको निर्णय सबैले स्वीकार्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत, माघ २७ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने भएकाले सबैले मान्नुपर्ने बताएका छन्।पर्वतको...
अदालतको निर्णय सबैले स्वीकार्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत, माघ २७ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने भएकाले सबैले मान्नुपर्ने बताएका छन्।

पर्वतको महाशीला गाउँपालिकामा मंगलबार आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको शिलान्यास तथा महेन्द्र ज्योति माविमा नवनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेको र जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्ने उनको भनाइ थियो। 'अदालतले संसद् विघटन ठीक छ भन्यो भने चुनावमा जानुपर्‍यो, ठीक छैन भन्यो भने संसद् पुनःस्थापना पनि हुन्छ,' उनले भने।

अध्यक्ष तिमिल्सिनाले संविधानले सबै अधिकार नागरिकलाई दिएको बताउँदै संविधानको रक्षा र संविधानले दिएका अधिकारको उपभोगका लागि पनि चुनाव हुनुपर्ने बताए।

अध्यक्ष तिमिल्सिनाले मुलुक यतिवेला विकास निर्माणको तीव्र गतिमा अघि बढेको बताउँदै निर्वाचन होला नहोला भन्नेतर्फ चिन्ता नलिइकन विकास निर्माणका कामलाई गति दिन पनि आग्रह गरे।

प्रकाशित मिति: २०:०० बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्