बंगलादेशमा ८९.९४ प्रतिशत कोभिड–१९ संक्रमणमुक्त
ढाका, माघ २७ : बंलादेशमा ४ लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जानकारी गराएको छ ।...
ढाका, माघ २७ : बंलादेशमा ४ लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जानकारी गराएको छ । तथ्यांकअनुसार यहाँ कोभिड–१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन् ।
विगत २४ घण्टामा बंगलादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३८७ रहेको छ । उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा कूल आठ हजार २२९ व्यक्तिको कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएको छ ।
सरकारी तथ्यांकअनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा ६४२ सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा १४ हजार ४६८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।
प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












