Kathmandu Press

इरानमा पनि कोभिड खोप अभियान सुरु    

तेहरान, २७ माघ : कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ ।    महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान...
इरानमा पनि कोभिड खोप अभियान सुरु    
Hardik ivf

तेहरान, २७ माघ : कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ ।    

महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति बेहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो।     
     
‘हामीले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु ग¥यौं, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाउनेछौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउनेछौँ,’ राष्ट्रपति हसन रौहानीले भने।
     
कोरोना भाइरसविरुद्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो । खोप गत बिहीबार इरान ल्याइएको थियो ।  ‘रुसबाट २० लाख स्पुट्निक खोप इरान ल्याइएको छ,’ इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने 
     
 

प्रकाशित मिति: १८:४६ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्