Kathmandu Press

 ‘देश अकल्पनीय खतराको मुखमा पुग्यो’   

गलकोट, माघ २७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् । ...
 ‘देश अकल्पनीय खतराको मुखमा पुग्यो’   
Hardik ivf

गलकोट, माघ २७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् ।
     
नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङ प्रचण्ड–नेपाल पक्षले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गरे । पूर्वकृषिमन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे।

उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे  । नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रँदै  गएको बताए।

प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्