Kathmandu Press

राष्ट्रिय महिला लिगमा आर्मी र पुलिस विजयी

काठमाडाैं, माघ २७ :  काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । मंगलबार...
राष्ट्रिय महिला लिगमा आर्मी र पुलिस विजयी

काठमाडाैं, माघ २७ :  काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । मंगलबार भएको पहिलो खेलमा आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई २–०ले हराउँदा दोस्रो खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–०ले हरायो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले दुई गोल गर्दा निर्मला उपाध्यायले एक गोल गरिन् ।  ४१औं मिनेटमा निर्मला बिकको पासमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा निरुले ५७औं र ५९औं मिनेटमा गोल गर्दै पुलिसलाई सहज जित दिलाइन्। 

योसँगै पुलिसले लिगको पहिलो चरणमा विराटनगर प्राप्त १–०को हारको बदला पनि लियो । जितपछि पुलिस लिगको चौथो स्थानमा उक्लिएको छ । उसको ८ खेलमा ११ अंक भएको छ भने १० अंक जोडेको विराटनगर पाँचौँ स्थानमा छ।

यसैगरी आर्मीले १० खेलाडीमा सीमित वालिङमाथि २–०को जित निकाल्यो । आर्मीलाई जित दिलाउन शर्मिला थापाले एक गोल गरिन् भने अर्को गोल आत्मघाती भएको थियो। 

पहिलो मिनेटमै शर्मिलाले गोल गरेपछि आर्मीले वालिङविरुद्ध अग्रता लिएको थियो । इन्दिरा राईको पासमा शर्मिलाले गोल गरेकी थिइन् । ४३औं मिनेटमा पुष्पा गुरुङले आत्मघाती गोल गरेपछि आर्मीले पहिलो हाफमा २–०को अग्रता लियो । दोस्रो हाफमा कुनै गोल हुन सकेन।

८३औं मिनेटमा वालिङ १० खेलाडीमा समेटिएको थियो । वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोईली दुई पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् । ८ खेलमा १९ अंक जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ भने वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्