Kathmandu Press

बुधबारदेखि   प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता  

चितवन, माघ २७ : चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने...
बुधबारदेखि   प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता  

चितवन, माघ २७ : चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबारदेखि फागुन १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।     

चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका ३०० खेलाडीहरू आठ विधाका लागि सहभागी हुनेछन् । भरतपुरको कभडहलमा हुने प्रतियोगितामा प्रथम हनेलाई १ लाख १५ हजार, दोस्रो हुनेलाई  ५५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउँदै छन् । राष्ट्रियस्तरका खेलाडीको समेत सहभागिता जनाउने मल्लले जानकारी दिए । 
     
प्रतियोगिताको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न  आठ लाख १९ हजार खर्च लाग्ने जनाइएको छ ।    
 
 

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्