डढेलोले विद्यालय भवन जल्यो
ताप्लेजुङ- जिल्लाको सिरिजंगा गाउँपालिका ३ तेल्लोकको फुन्द्रुवा आधारभूत विद्यालय डढेलोमा परी जलेको छ।
ताप्लेजुङ- जिल्लाको सिरिजंगा गाउँपालिका ३ तेल्लोकको फुन्द्रुवा आधारभूत विद्यालय डढेलोमा परी जलेको छ।
नजिकको जंगलमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा विद्यालय भवनसम्म आगो आइपुगेको स्थानीय बासिन्दाले जनाएका छन्।
कार्यालय सञ्चालनमा रहेको तीनकोठे भवन जलेको हो। एउटा भवन भने अभिभावक र शिक्षकले जोगाएका छन्।
कार्यालयको खातालगायत सामग्री जोगाउन खोज्दा एक जना घाइते भएका छन्। उनको स्थानीय प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ। आगो नजिकै आएपछि शिक्षकले विद्यार्थीलाई सुरक्षित ठाउँमा सारेका थिए।
प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











