कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौं, माघ २७ : नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार देशभर कोरोना संक्रमण्को कारण...
काठमाडौं, माघ २७ : नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार देशभर कोरोना संक्रमण्को कारण थप २ जनाको मृत्यु भएको हो। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ।
मन्त्रालयका अनुसार मंगलबार चार हजार ३०९ जनामा गरिएको परीक्षणमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ६१ महिला र ९९ जना पुरुष रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ।
यो अवधिमा १६५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











