Kathmandu Press

थप १६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २७ : नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार चार हजार ३०९ जनामा गरिएको...
थप १६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २७ : नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार चार हजार ३०९ जनामा गरिएको परीक्षणमा थप १६० जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये ६१ महिला र ९९ जना पुरुष रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। 

यो अवधिमा १६५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ। 

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्