स्रोत नखुलेको २१ लाख र ३१ लाखको चेकसहित एक जना पक्राउ
काठमाडौं, माघ २७ : स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँ र ३१ लाख १६ हजार रुपैयाँबराबरको ५ थान बैंकको चेकसहित एक जना...
काठमाडौं, माघ २७ : स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँ र ३१ लाख १६ हजार रुपैयाँबराबरको ५ थान बैंकको चेकसहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका–४ बसपार्क नजिक सडकबाट २७ वर्षीय मोहम्मद दिलसाद आलम सोमबार दिउँसो पक्राउ परेका हुन् ।
नम्बर नभएको रातो रंगको स्कुटरमा उक्त रकम साथमा बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको तथा नम्बर नखुलेको स्कुटरको कारबाहीका लागि भन्सार कार्यालय गौरमा पठाइएको छ ।
प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












