Kathmandu Press

सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, माघ २७ : सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारलाई...
सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, माघ २७ : सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गरेको कारण सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायतका चाड पर्वको बिदा कटौती गरेको थियो।

संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ।

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्