Kathmandu Press

९२ करोड रूपैयाँमा ९७ आयोजना निर्माण गरिँदै

कर्णाली, माघ २७ : पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख रुपैयाँ बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ। निर्देशनालयले पहिलो...
९२ करोड रूपैयाँमा ९७ आयोजना निर्माण गरिँदै

कर्णाली, माघ २७ : पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख रुपैयाँ बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ। 

निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ।  प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र  दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए।

‘आगामी असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौंँ,’ निर्देशक पौडेलले भने, ‘७० किलोमिटर सडकमा नाली बनाउने, ग्राभेलिङ गर्ने र बाटोको स्तरवृद्धि हुनेछ।’ अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले आगामी फागुनदेखि धमाधम काम हुने बताइएको छ। 

निर्देशक पौडेलका अनुसार चालु आव २०७७÷०७८ भित्रै ५० किमी नयाँ साधारण मार्ग खोलिने र  जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण हुनेछन्। निर्देशनालयले निर्देशित कार्यतालिकानुसार काम अघि बढेको जनाउँदै लक्ष्यबमोजिम आयोजना सम्पन्न हुने जिकिर गरेको छ।

प्रकाशित मिति: १२:५० बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्