Kathmandu Press

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

काठमाडौं, माघ २७ : प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्। बिहान ११ बजे उनी आयोग पुग्ने सचिवालय स्रोतले बताएको...
प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

काठमाडौं, माघ २७ : प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्। बिहान ११ बजे उनी आयोग पुग्ने सचिवालय स्रोतले बताएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न उनी कान्तिपथस्थित आयोगको कार्यालय जान लागेका हुन्।

आयोगले यसबारे छलफल गर्न यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो। 

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गरेपनि आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ।

प्रकाशित मिति: ११:०७ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्