भट्टको हत्याबारे अनुसन्धानमा छिट्टै सफलता मिल्छ : गृहमन्त्री थापा
काठमाडौं, माघ २७ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याबारे अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन्। मंगलबार बिहान बिहान नेपाल विद्यार्थी...
काठमाडौं, माघ २७ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याबारे अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन्।
मंगलबार बिहान बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले भट्टको हत्या कञ्चनपुरकी निर्माला पन्तको जस्तो जटिल नभएको भन्दै अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताएका हुन्।
उनले प्रहरी अपराधीको नजिक पुगिसकेको बताएका छन्।
नेविसंघका अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए।
प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











